हाम्रो लक्ष्य, हाम्रो उद्देश्य

बेताना मिट मार्ट स्थानीय स्वामित्व र सञ्चालनमा रहेको हाम्रो आफ्नै व्यवसाय हो। बाल्यकालदेखि सँगै हुर्किएका केही स्थानीय साथीहरूको साझा सोच, मेहनत र सपनालाई वास्तविकतामा बदल्ने उद्देश्यले हामीले यो यात्रा सुरु गरेका हौं।

हाम्रो मुख्य लक्ष्य स्वच्छ, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो मासुजन्य उत्पादनहरू तयार गरी ग्राहकसम्म पुर्‍याउनु हो। स्थानीय स्तरमै राम्रो उत्पादन प्रक्रिया, सरसफाइ र गुणस्तरमा विशेष ध्यान दिँदै स्वादिलो तथा हाइजेनिक मासुका परिकारहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धता छ।

हामी Chicken Wings, Chicken Leg Pieces, Chicken Sausages, Whole Grilled Chicken, Chicken MoMo Keema, Chicken Achar लगायत विभिन्न मासुजन्य उत्पादनहरू उत्पादन तथा आपूर्ति गर्दै आएका छौं, साथै भविष्यमा अझ धेरै गुणस्तरीय उत्पादनहरू थप्दै जाने लक्ष्य राखेका छौं।

हाम्रो उत्पादन प्रक्रिया कसरी गरिन्छ भन्ने प्रत्यक्ष रूपमा हेर्न चाहनुहुन्छ भने बेलबारी–४, शान्ति चोक (स्कुल लाइन) मा रहेको हाम्रो स्थानमा आउनुहोस्। हामीले मासुजन्य उत्पादनहरू कसरी तयारी, प्रशोधन र आपूर्ति गर्छौं भन्ने सम्पूर्ण प्रक्रिया नजिकबाट हेर्न सक्नुहुन्छ।

हामी हाम्रो स्थानीय समुदायलाई प्रिमियम, स्वच्छ र गुणस्तरीय मासुजन्य उत्पादनहरू सेवा गर्न पाउँदा गर्व गर्छौं।

बेताना मिट मार्ट — हाम्रो आफ्नै बेलबारीको मिट मार्ट।